११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बलात्कार आरोपमा रविरत्न चुडाल पक्राउ



१० जेठ । युट्यूबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन्। उनीविरुद्ध काठमाडौंकै ५२ वर्षीया महिलाले बलात्कार आरोपमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

ती महिलाको जाहेरी प्रहरीले सुरुमा दर्ता गर्नै अस्वीकार गरेको थियो। तर महिलाले उच्च अदालतबाट आदेश लिएर आएपछि प्रहरीले जाहेरी दर्ता गर्दै अनुसन्धान अगाडि बढाएको हो।

महिलाले आफूलाई २०८० जेठ १७ गते चुडालले बलात्कार गरेको अरोप लगाएकी छन्। हदम्याद सकिन केहीदिन अघि मात्रै प्रहरीमा जाहेरी दर्ता भएको हो।

चुडालले केही दिनअघि पनि युट्युवमा गृहमन्त्री रवि लामिछानेको प्रशंसा गर्दै गगन थापामाथि जथाभावि आरोप लगाएका थिए।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।