३ असार २०८१, आइतबार | Sun Jun 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलरमा सडक र गाडी पुगेपछिको असर



काठमाडौँ
१० जेठ । पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरबारे देखाइएको चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर बिहीबार राजधानीमा सार्बजनिक गरिएको छ ।
ट्रेलरमा एउटा अनकण्टार गाँउमा गाडी पुगेपछि टेलिभिजन,चाउचाउ र कोकाकोलाप्रतिको मोह देखाइएको छ ।
विपन्न गाँउलेले यी सबै खर्च धान्न नसकेको शहरिया सरसामानसँगै जीवनशैलीमा आएको परिवर्तनलाई चलचित्रले मिहिन ढंगले देखाउन खोजेको ट्रेलरमार्फत बुझ्न सकिन्छ ।
नवीन सुब्बाले निर्देशन गरेको यो चलचित्र ‘गाउँ आएको बाटो’ यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन छ ।
चलचित्रमा दयाहाङ राई र उनकी श्रीमतीको भूमिकामा पशुपति राईले अभिनय गरेकी छन् ।

यो चलचित्रले विश्वका २० वटाभन्दा बढी प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाइसकेकोले विशेष चर्चा समेत रहेको छ ।
चलचित्रमा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ५ : ४७ बजे