२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरि बलम्बुमा घरका ढोकामा राखिएको तामा कलश चोर्दै हिँड्ने युवा पक्राउ



११ जेठ । घरका ढोकामा राखेका तामाका कलश र लोटा चोरी गर्ने एक जना युवालाई बलम्बु प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान करिब ४ बजे प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा हिंडिरहेका चितवन भरतपुर महानगरपालिका वडा नम्वर १६ घर भई चन्द्रागिरि १२ बलम्बु बस्दै आएका २३ वर्षीय सुजन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट केही तामाका कलश तथा नगद फेला पारेको छ ।
उनिमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भईरहेको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।