६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिको भेटी चोरीः ढोडारीको घरबाट ६ लाख बरामद



११ जेठ । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट उक्त रकम बरामद गरेको हो। भेटी चोरीमा संलग्नताको आरोपमा गत जेठ ७ गते नासु ढोडारीसहित आठ जनालाई नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेका मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारी अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पशुपति क्षेत्र विकास कोषको सिसिटिभी निगरानीका क्रममा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षका मुख्य कर्मचारी ढोडारीसहितका कर्मचारीले लुकाएर लाने गरेको खुलेको थियो।

मन्दिरभित्रै रंगेहात समातिएका एक आरोपीले पदाधिकारीकै संरक्षणमा चोरीमा संलग्न भएको बयान दिएपछि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पनि तानिएका छन्।

कोषाध्यक्ष सुवेदीलाई तत्कालीन पर्यटनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले नियुक्त गरेका थिए । उनी एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगमा समेत थिए।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।