७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नाराबाजीबीच नीति तथा कार्यक्रम पारित



१३ जेठ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार संसदमा पेस गरेका थिए ।

बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले संशोधन प्रस्तावलाई अस्वीकृत गरेका थिए । लगत्तै नीति तथा कार्यक्रम बहुमतले पारित गरेको सभामुखले घोषणा गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : ०६ बजे