९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मादक पर्दाथ सेवन गरेर सवारी चलाउनेले ट्राफिक ड्युटी गर्नुपर्ने



१५ जेठ । सडकमा मादक पर्र्दाथ सेवन गरेर सवारी चलाउने चालकले सडकमा ट्राफिक प्रहरीलाई सघाउनका लागि ड्युटी गर्नुपर्ने नियम ल्याइने भएको छ ।
गृहमन्त्री रवि लामिछानेले मादक पर्दाथ सेवन गरेर सवारी चलाउने चालकलाई स्वयम्सेवीको रुपमा सडकमा ट्राफिक व्यवस्थापनमा सघाउनु पर्ने व्यवस्था गर्न लागिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
गृहमन्त्री लामिछानेले महिनावारी हुँदा महिला ट्राफिक प्रहरीले समेत विदा पाउने व्यवस्था गर्न लागिएको बताएका छन् ।
पछिल्लो समय महिला ट्राफिक महिनावारीको समयमा समेत सडकमा काम गर्नुपर्दा समस्यामा थिए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ५ : ३१ बजे