२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसम : ’रेमल’ चक्रवातको आंशिक प्रभावका कारण मौसम बदली



काठमाडौँ
१६ जेठ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा ’रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।