७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसम : अध्याधिक गर्मीका कारण ‘लू’ चल्ने चेतावनी



काठमाडौं
१९ जेठ । अत्याधिक गर्मीका कारण तराईमा आईतबारसम्म ‘लू’ चल्ने भएको छ । मौसम विज्ञान विभागले ‘लू’ चल्ने पुर्वानुमानसँगै चेतावनी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।

महाशाखाले पश्चिम तराईका जिल्लाहरूमा आईतबारसम्म तातो हावा (लू) चल्ने पूर्वानुमान गरेको छ ।

मनसुन प्रवेश नभएसम्म गर्मी अत्यधिक रहने देखिएको महाशाखाले जनाएको छ । भारतको केरालामा मनसुन प्रवेश गरेको ३ दिन भइसकेको छ । मनसुन नेपाल भित्रिन अझै १० दिन लाग्ने जनाइएको छ ।

अत्यधिक गर्मीका कारण तराईका जिल्लाहरूमा जनजीवन कष्टकर बनेको छ भने विद्यालयहरू बन्द गरिएका छन् । राजधानी काठमाण्डु उपत्यकामा पनि गर्मी अत्यधिक चल्ने चेतावनी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।

महाशाखाले पश्चिम तराईका जिल्लाहरूमा आईतबारसम्म तातो हावा (लू) चल्ने पूर्वानुमान गरेको छ ।

मनसुन प्रवेश नभएसम्म गर्मी अत्यधिक रहने देखिएको महाशाखाले जनाएको छ । भारतको केरालामा मनसुन प्रवेश गरेको ३ दिन भइसकेको छ । मनसुन नेपाल भित्रिन अझै १० दिन लाग्ने जनाइएको छ ।

अत्यधिक गर्मीका कारण तराईका जिल्लाहरूमा जनजीवन कष्टकर बनेको छ भने विद्यालयहरू बन्द गरिएका छन् । राजधानी काठमाण्डु उपत्यकामा पनि गर्मी अत्यधिक बढेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : ३४ बजे