२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश



काठमाडौँ
२० जेठ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक स्वयम्सेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । सडकमा ट्राफिक स्वयम्सेवक खटाउने गृहमन्त्रीको निर्देशनविरुद्ध कृष्ण विक, आकाश भट्टलगायत सातजनाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यही जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलार्ई स्वयम्सेवकका रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।