९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘काठमाडौंको काँठे बस्तीमा होमस्टे सञ्चालन गर्न उपयुक्त’



 

काठमाडौँ
२० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौँ उपत्यका नजिक चक्रपथ ‘रिङरोड’ बाहिरका काँठे बस्तीहरूमा होमस्टे (घरवास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् ।

हाँडीगाउँ सामुदायिक घरवासको वार्षिक उत्सव र नयाँ घरवासको उद्घाटन कार्यक्रममा आज उनले सहरभन्दा नजिक उपत्यकाको काँठ क्षेत्रमा घरवास कार्यक्रम विस्तार गर्न सकिने बताए ।

विदेशी तथा स्वदेशी पर्यटकलाई रैथाने तथा अग्र्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने भन्दै मन्त्री तामाङले घरवासलाई व्यावस्थित र उद्देश्यमुलक बनाएर सञ्चालन गर्नुपर्नेमा जोड दिए । “सहरी क्षेत्रमा रहेका घरमा आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवावापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ, यसको उदाहरणका रूपमा हाँडीगाउलाई लिन सकिन्छ । त्यसैले अब हाँडिगाउँमा मात्रै सीमित नराखि सहरका अन्य कुनामा पनि घरवास सञ्चालन गरी त्यहाँको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र प्रचार गर्न लाग्नुपर्छ”, उहाँले भने ।

मन्त्री तामाङले मौलिक परम्परागत शैली र स्थानीय स्रोतसाधनको प्रयोग गरेर पुरानो शैलीमा बनाइएका आवास, संस्कृति, प्रकृति, जीवनशैली र भाषा, संस्कृति, कला सम्पदा अदिको जानकारी लिन पर्यटकका लागि घरवास उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हाँडिगाउँ सामुदायिक घरवासका अध्यक्ष शकुन्तला घिमिरेले ११ घरबाट सञ्चालन गरिएका घरवासमा हाल २७ वटा घर आबद्ध भएको र ५० घर पु¥याउने योजना रहेको बताइन् ।
हाँडीगाउँ आफैँमा महत्वपूर्ण इतिहास बोकेको स्थान भएको भन्दै उनले यहाँको लोकल खानाका परिकारसँगै पाहुनालाई मौलिक संस्कार, सस्कृति र पहिरनका साथ सत्कार गर्ने गरिएको बताक्ष्इन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ४ : ३८ बजे