२४ जेठ । काभ्रे मण्डनदेउपुर न.पा. ९ मा कृषक अर्जुनप्रसाद सापकोटाले पालेको गाईले ३ वटा बाच्छाहरु जन्माएको छ । स्थानीय जातको गाइले ३ वटा बाच्छा पाएपछि उनको घरमा हेर्न आउनेको भिड लाग्ने गरेको छ ।
गाईले २ वटासम्म बाच्छाहरु जन्माएको थाहा थियो तर एउटै गाईले एकैपटक ३ वटा बाच्छाहरु जन्माएको यो घटना यहाँको लागि नौलो भएको सापकोटाले बताए ।








प्रतिक्रिया