६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


यी हुन् काठमाडौं महानगरमा १८ हजारलाई छात्रवृत्ति दिने स्कुल



२४ जेठ । । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ ।

महानगरका अनुसार ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका छन् । त्यही सूची महानगरपालिकाले गोरखापत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरेको हो ।

विद्यालयहरूले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम छ । तर कतिपयले त्यो नियम पालना नगरेको पाइएपछि महानगरपालिकाले नियम पालना गर्न ताकेता गर्दै आएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ मा सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।