६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा राष्ट्रिय स्नुकर च्याम्पियनसिप शुरु



२४ जेठ । ‘काठमाडौं महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ राजधानीको एभरेष्ट होटल बानेश्वरमा सुरु भएको छ। नेपाल बिलियार्डस स्नुकर तथा पुल संघकाे आयोजना सुरू भएकाे प्रतियोगिताका खेलाडीहरुको प्रोत्साहनका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार लगायत सहभागी थिए।

संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले युवाहरुका बिचमा लोकप्रिय खेलका रुपमा परिचित स्नुकरलाई रचनात्मक विकासमा उपयोग गर्न लागिएको बताइन्। प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन्।

खेल नकआउटका आधारमा हुनेछ। ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन्। १८ वर्षदेखि ५४ वर्षसम्मका खेलाडीहरू प्रतियोगितामा सहभागी छन्। ७२ स्क्वायर फिटको टेवलमा यो खेल खेलिन्छ। खेलका विजेतालाई नगद २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई नगद १ लाख रुपैयाँ र सेमी फाइनलिष्टलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ।

यस्तै १४७ को म्याक्सिमम हाइएष्ट व्रेक गर्नेलाई नगद ७५ हजार रुपैयाँ, सेन्च्युरी ब्रेक गर्नेलाई नगद ५० हजार रुपैयाँ र ८० को हाइएष्ट व्रेक गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिने बताइएकाे छ।

क्वाटर फाइनलिष्टलाई नगद १० हजार रुपैयाँ, प्रि क्वाटर फाइनलिष्टलाई नगद ५ हजार रुपैयाँ, वेष्ट प्लेयर र वेष्ट राइजिङ् प्लेयरलाई १५/१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ। खेलको समापन जेठ २९ गते हुनेछ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ५ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।