७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


इङ्नामको कृती ’श्री गुरु भुवानन्द ब्रम्हचारी’ लोकार्पण



२६ जेठ । साहित्यकार रत्न कुमार इङ्नामको कृती ’श्री गुरु भुवानन्द ब्रम्हचारी’को पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम ज्योतिषविद डा। चन्द्र कुमार शेर्मा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा लगायतले सामुहिक रुपमा लोकार्पण गरेका छन् ।

कार्यक्रममा चलचित्र निर्देशक उदय सुब्बा, मदन पुरस्कार बिजेता भगिराज इङनाम, ज्योतिषविद डा। चन्द्र कुमार शेर्मा, युवा नेता रमेश लिङदेन, प्रज्ञा परिषद सदस्य चेतन सापकोटा इन्द्र बहादुर चोङबाङ र चलचित्र निर्माता संघको सचिव किसान पोखरेल मिक्तोक इङनाम लगायत कार्यक्रममा सहभागी थिए ।

’श्री गुरु भुवानन्द ब्रम्हचारी’ पुस्तकको बारेमा बोल्दै सहभागीहरुले गुरु भुवानन्द ब्रम्हचारीको समाज र समुदायको उन्नतिको निम्ति उनले गरेको त्याग ज्ञान प्राप्तिको लागि गुरु भुवानन्द ब्रम्हचारी सिक्किम भुटान लगायत बिभिन्न स्थानमा भ्रमण गर्नुको साथै सबै लाइ चेतना र सन्देश दिएको बताए । उनीहरुले घर्मले जहिले पनि समाजलाई सकारात्मक दिशातर्फ लैजान्छ भन्दै आआफ्नो धारणा राखे । ्रसाहित्यकार रत्न कुमार इङ्नामको यो तेस्रो पुस्तक हो ।

लेखकले आफ्नो समयमा भएको अनुभव ’श्री गुरु भुवानन्द ब्रम्हचारी’को महिमा र उनको योगदानको चर्चाको साथै समय सापेक्ष केहि कबिताहरु पनि सुनाएका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।