२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै झुण्डिए



 

२७ जेठ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै झुण्डिएका छन् ।
पुलको एकातर्फको लट्ठा चुँडिएपछि पुल गर्दै गरेका ती खच्चड तारमा जेलिएर झुण्डिएका हुन् ।
पुलको लट्ठा चुँडिएसँगै पछिल्लो समय सो सडक भएर ओहोर दोहार बन्द भएको छ ।
दुर्घटनापछि उद्दारका लागि प्रहरीलगायतको टोली घटनास्थलतर्फ पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने सो पुलबाट अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ओहोरदोहोर गर्न सकिन्छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।