१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीको चिया पसलबाट ५ सय १५ थान नक्कलीसहित महिला पक्राउ



काठमाडौं
२७ जेठ । काठमाडौं कलंकीस्थित एक चिया पसलबाट लाखौं नक्कली नोट सहित महिला पक्राउ परेको खबर छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारादेबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।
डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ३ : ०३ बजे