७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टोखा र चन्द्रगिरीमा चोरी



काठमाडौं
२८ जेठ । काठमाडौंको टोखा र चन्द्रगिरीमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने स्याङजा घर भएकी पुष्पा भण्डारी उपाध्यायको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताला फोडेर नगद, सुनका विभिन्न गरगहना, ल्याटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–४ खरिबोट डेरा गरी बस्ने सरस्वती तामाङको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथ घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।