२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङमा विपद् उद्धारको नमुना अभ्यासका क्रममा सशस्त्र जवानको मृत्यु



२८ जेठ । बझाङमा प्राकृतिक विपद्का बेलामा गरिने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

सोमबार बिहान अभ्यासका क्रममा केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा गर्दै उनी डुबेर बेहोस भएका थिए । धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।