२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको लोकन्थलीमा पानी ट्याङकरको ठक्करपछि एक वालकको मृत्यु, चालकमाथि स्थानीयको आक्रमण



भक्तपुर
२८ जेठ । भक्तपुरको लोकन्थली मनहरामा पानी ट्याङकरको ठक्करबाट एक वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली मनहरास्थित सडकमा बा.५ ख ५२५२ नम्बरको जारको पानी बोक्ने निशान गाडीको ठक्करपछि यही ठाउँ बस्ने दोलखा शैलुङ गाउँपालिका–६ घर भएका रबि बस्नेतको छोरा ४ वर्षीय युनिक बस्नेतको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनाका कारण वालकको मृत्युपछि स्थानीय बासिन्दाले कुटपिट गर्दा घाइते भएका गाडी चालकको नागरिक अस्पताल गठ्ठाघरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  २ : ३७ बजे