१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘क्रिप्टो माइनिङ’मा संलग्न रहेको आरोपमा किर्तिपुर र भक्तपुरका दुई जना पक्राउ



३२ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘क्रिप्टो माइनिङ’ मा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीका अनुसार कीर्तिपुर नगरपालिका–१ का ४० वर्षीय विश्वास गुरुङ र भक्तपुर नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र ताहामतालाई पक्राउ गरिएको हो ।

सीटीईभीटी अन्तर्गतको टीआईटीआई (ट्रेनिङ इन्स्टिच्युसन आफ टेक्निकल इन्सट्रक्सन) को भवनमा रहेको इन्फर्मेसन टेक्नोलोजी ल्याबमा क्रिप्टो करेन्सी माइनिङ भइरहेको भन्ने सूचनाका आधारमा ब्यूरोको टोलीले उक्त भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान गरेको थियो ।

यस क्रममा एउटा सर्भर र ६४ वटा डेक्सटप कम्प्युटरमा क्रिप्टो माइनिङ एप्लिकेसन सञ्चालन भइरहेको पाइएपछि उल्लेखित सर्भर र ६४ थान सीपीयू बरामद गरी उक्त ल्याबको जिम्मेवारीमा रहेका गुरुङ र ताहामतालाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।