गजल
सरकार, सुदूर ललितपुरको विकास कहिले हुन्छ ?
कुना कन्दरामा समृद्धिको आभास कहिले हुन्छ ??
पक्कि सडक र अस्पताल सुदूरका दुर दुरसम्म
गाउँ गाउँमा सिहदरबार तिम्रो विश्वास कहिले हुन्छ ?
जापान युरोपको सपना बाड्यौ बढ्दै गयो बेरोजगारी
सरकार घर घरमा रोजगारी गाउँमै बास कहिले हुन्छ ??
कृषि प्रधान देशमै मल र विउको अभाव छ सधैंभरी
खेतबारीमै कुहिन्छ तरकारी तिम्रो आश कहिले हुन्छ ?
राम्राे लाउँला मीठाे खाउँला सपना देख्छन बाबुआमा
पठाउँला युरोप अमेरिका छोरो बाह्र पास कहिले हुन्छ ??
हिमरत्न तिमल्सिना
कालेश्वर ललितपुर
प्रतिक्रिया