१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जावलाखेल दम्पती मृत्यु प्रकरणः हत्यापछि आत्महत्या



३ जेठ । ललितपुर जावलाखेलस्थित डेरामा अर्धचेत अवस्थामा भेटिएका र उपचारको क्रममा ज्यान गुमाएका दम्पतीको घटनामा २५ वर्षीय उमेश सेन्चुरीले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको अनुसन्धानमा खुलेको छ ।

३२ जेठमा साँझ सिन्धुपाल्चोक घर भएर कपनमा बस्दै आएका उमेश पत्नीको डेरामा गएका हुन् । २५ वर्षीया रेणु सेन्चुरी अल्का अस्पताल पछाडि डेरा गरेर बस्थिन् । उनीहरू १० वर्षीय छोरा रेणुसँग बस्दै आएका थिए । तर, सो साँझ डेरामा छोरा थिएनन् ।

रेणु डेरामा थिइनन् । पत्नी नआउन्जेल उमेश डेरा आसपासमा डुलिरहेको छिमेकीहरूले प्रहरीलाई बताएका छन् । साँझ पत्नी आएपछि डेरामा प्रवेश गरेका उनीहरू भित्रबाट चुकुल लगाएको अवस्थामा अर्धचेत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् ।

घटनास्थलमा विषको बट्टा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले बताए । उमेशले सुरुमा पत्नीको हत्या गरेर आफूले विष खाएको अनुसन्धान अधिकृतहरूको आशंका छ । दुवै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ७ : ४७ बजे