७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन कांग्रेसको माग



३ जेठ । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणलाई सहज गराउन सरकारसँग माग गरेको छ । पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ता मर्कामा परेको भन्दै वार्ताबाट तत्काल समस्याको समाधान गर्न माग गरेको हो ।

कांग्रेसको आपूर्ति विभागका प्रमुख गुरु बरालले विज्ञप्ति जारी गर्दै नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई जिम्मेवार भएर वार्ताबाट समाधान गर्न अनुरोध गरेका छन् ।

‘बजारमा यसबाट कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृखंला समेत बिग्रने हुँदा अत्यावश्यक वस्तुहरूमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न समेत जोडदार माग गर्दछौँ,‘विज्ञप्तिमा भनिएको छ, ‘साथै विधिको शासन र कानूनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनको लागि हार्दिक अनुरोध गर्दछौँ ।’

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् । पेट्रोलियम पदार्थको अभावपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा सवारी साधनका लाइन लाग्न थालेका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ९ : ०८ बजे