मोरङ
४ असार । चट्याङ लागेर घरमा बसिरहेकी एक युवतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रतुवामाइ नगरपालिका–४ झुर्किया बस्ने झरीलाल महतोको छोरी १६ वर्षीया बिपना महतोको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
५ असार २०८१, मंगलबार
1.1k
Shares








प्रतिक्रिया