४ असार । काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका कवाड व्यवसायी र प्रहरीबीच झडप भएको छ। रिङरोडभित्रका कबाड हटाउने निर्णयको विरोध गर्दै व्यवसायीहरु मंगलबार अपरान्ह महानगरपालिकाको कार्यालय घेर्न गएका थिए।
कबाड व्यवसायी संघर्ष समितिको अगुवाइमा काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न गएका कवाड व्यवसायीलाई प्रहरीले रोकेपछि झडप भएको हो।
प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा प्रहार गरपछि प्रहरीले लाठीचार्ज गरेको हो । लाठीजार्जबाट केही प्रदर्शनकारी घाइते भएको जनाइएको छ। कवाडव्यवसायीले महानगरले विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन निर्देशन दिएका कारण विरोधमा उत्रिएको बताएका छन्।
५ असार २०८१, मंगलबार
476
Shares
प्रतिक्रिया