५ असार । दुधको भुक्तानी दिन माग गर्दै नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका दुग्ध किसानहरूलाई प्रहरीले धरपकड गरेको छ । दुधको पैसा पाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको हो ।
उनीहरूले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन मागसहित विरोध प्रदर्शन गरेका थिए । किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ र तालाबन्दी कार्यक्रम गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ ।
६ लाख दुग्ध किसानले मङ्सिर महिनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगहरू गरी किसानहरूले ४ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये डीडीसीले मात्र करिब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
भुक्तानी लगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता-सहमति समेत कार्यान्वयन नभएको दुग्ध किसानहरूको आरोप छ ।
प्रतिक्रिया