११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिको भेटी दुरुपयोगः ५ जनालाई थुनामा पठाउन आदेश, १ जना धरौटीमा रिहा



६ असार । काठमाडौं जिल्ला अदालतले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। थुनछेक बहस सकिएपछि बुधबार न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले यस्तो आदेश दिएको हो।

अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौं महानगरपालिका– ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै अदालतले काठमाडौं महानगरपालिका– ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई ३ लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।

 

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।