८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा सुमोको ठक्कबाट एक जनाको मृत्यु



८ असार । भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् ।

घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले गाडीका चालक काभ्रेको धुलिखेल-९ का ५४ वर्षीय मधुकर केसीलाई नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ९ असार २०८१, शनिबार  ११ : २७ बजे