१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध



काठमाडौं
७ असार । काठमाडौंका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा दुई दिन विद्युत् सेवा प्रभावित हुने जनाएको हो ।
प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८१, शनिबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।