१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेलम्चीमा बाढीले बगायो अस्थायी पुल



१० असार । वर्षासँगैको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए।

२०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो। मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई अस्थायी पुलले जोडेको थियो।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ। मेलम्ची नगरपालिकाका प्रमुख तामाङका अनुसार वर्षा शुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जानकारी दिए। गाउँवासीलाई सहज बनाउन सुरक्षित अस्थायी पुल बनाउन तत्काल लाग्ने उनको भनाइ छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।