८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर चुनिखेलमा व्यवसायीमाथि खुँडा प्रहार



१० असार । ललितपुर चुनिखेलमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । घटनामा गुन्डागर्दी गर्ने समूहले व्यवसायीमाथि खुँडा प्रहार गरेको खुलेको हो।

शुक्रबार दिउँसो चुनिखेलमा निर्माणाधिन मनोज बानियाँको रिसोर्टमै उनीमाथि ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो । खुँडा प्रहारबाट घाइते मनोजको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको बायाँ हात छिनालिनबाट थोरै मात्रै जोगिएको छ भने र दायाँ खुट्टा र तिघ्रामा समेत गहिरो घाउ छ । घटनाको चार दिन बित्दा पनि घटनामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन् । घटनामा संलग्न तीनजनालाई भने प्रहरी प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुरेन्द्र महर्जन, लालबहादुर तामाङ र एकजना मुख्या अरोपीका सवारी चालक छन् । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र ललितपुर प्रहरीको विशेष टोली खटिएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ८ : ५० बजे