२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कात्तिक २३ देखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने



१० असार । कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ।

विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार, कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ। यस अवधिमा, कात्तिक २३ देखि चैत १८ सम्म विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहने उल्लेख गरिएको छ।

हाल काठमाडौं विमानस्थल बिहान ६ बजे देखि राति २ बजेसम्म सञ्चालनमा छ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।