काठमाडौं
१० असार । तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।
सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले तपस्वी बम्जनलाई दोषी ठहर गरेको हो ।
अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।
लामोसमयसम्म बाराको जंगलमा तपस्या गरिरहेका रामबहादुर बम्जनका देश विदेशमा धेरै अनुयायी छन् । उनलाई पछिल्लो समय बुद्धको रुपमा आराधना गर्ने अनुयायीहरु बढेका थिए । उनलाई लिटिल बुद्धको रुपमा समेत सम्बोधन गर्ने गरिएको थियो ।







प्रतिक्रिया