१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने



११ असार । मनसुन पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुई हप्ताअघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन १५ दिन लाग्यो । मनसुन हिजो मात्रै देशभर फैलिएको हो । तर अझै पनि मनसुन कमजोर नै हुँदा सक्रिय भएर पानी पर्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएपछि बाढी, पहिरो, डुबान, भू–क्षय जस्ता कारणले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा रातिदेखि चट्याङसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो पटक सबैभन्दा धेरै दाङको घोराहीमा ३० दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  ४ : ५७ बजे