११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा अरिंगालले टोकेर २४ वर्षीय युवकको मृत्यु



११ असार । ललितपुरमा अरिंगालले टोकेर युवकको मृत्यु भएको छ। ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार ललितपुर महानगरपलिका-५, कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रङ लगाउने क्रममा अरिंगालले टोक्दा बिरामी परेका सप्तरीको खडक नगरपालिका–३ घर भएका २४ वर्षीय तेजनारायण चौधरीको मृत्यु भएको हो।

हाल काठमाडौँ अनामनगर बस्ने गरेका उनलाई उक्त भवनमा रंग लगाउने क्रममा यही असार ८ गते साँझ साढे ५ बजेतिर अरिंगालले टोकेको थियो। बिरामी भएपछि उनलाई दाइ हरिनारायण चौधरीले उपचारको लागि काठमाडौँको मोडेल अस्पतालमा भर्ना गरेका थिए। तर आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज (असार ११ गते) बिहान ५ बजे उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

 

 

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  २ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।