१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका सडकमा पार्किङ निषेध



१२ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ देखि सार्वजनिक सडकमा पार्किङ गर्न नदिने भएको छ । ‘महानगर क्षेत्रभित्र सार्वजनिक सडकमा सवारीसाधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन,’ महानगरले ल्याएको आर्थिक ऐनमा उल्लेख छ ।

यस्तै सार्वजनिक निकायको जग्गामा समयानुकूल सवारीसाधन पार्किङ सुविधा उपलब्ध हुने गरी दुवै पक्षको समन्वय तथा समझदारीमा सञ्चालन गरिने ऐनमा उल्लेख छ ।

काठमाडौं महानगरले सञ्चालन गरेको सवारीसाधन पार्किङ क्षेत्रमा पहिलो दुई घण्टाका लागि सबै प्रकारका सवारीसाधन पार्किङ गरे बापत् शुल्क नलाग्ने उल्लेख छ ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  ११ : १९ बजे