११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विपी र मदनको नाममा कार्यक्रम नगरौं भन्दा नगरसभाको बैठक रोकियोः बालेन



१४ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफूले चार शहीदको नाममा कार्यक्रम गरौं भन्दा नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिहरू नगरसभाको बैठक रोकेको बताएका छन्।

शुक्रबार समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले यस्तो बताएका हुन्। साथै, शाहले कांग्रेस र एमालेबाट निर्वाचित महानगरका जनप्रतिनिधिले चार शहीद भन्दापनि विपी कोइराला र मदन भण्डारीको योगदान ठूलो देखेको ब्यङ्ग्य गरेका छन्।

विपी र मदनको नाममा करोडौंको कार्यक्रम गर्न प्रस्ताव आउँदा आफूले त्योभन्दा पनि चार स्वतन्त्र सेनानी शहीदहरू: शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाममा गरौं भन्दा जनप्रतिनिधिले नगरसभाको बैठकनै रोकेर हिँडेको बताएका छन्।

‘एमाले कांग्रेस विपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो‍। मैले चार स्वतन्त्र सेनानी शहीदहरू: शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको नाममा गरौं भनें’ बालले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्,’सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरैं कांग्रेस-एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला। त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो।’

पछिल्लो समय गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतका साथै काठमाडौं महानगरापलिकाको मेयरमा विजयी भएका बालेन र वडा तहमा निर्वाचित एमाले-कांग्रेसका जनप्रतिनिधिबीच विवाद चर्किन थालेको छ। न्युरोडको सडक, फुटपाथलगायतका कुरामा पनि विवाद भएको थियो।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ८ : १९ बजे