१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कागेश्वरी मनोहरामा नक्कली सुनको मूर्ति दिएर ३० लाख ठगी



१७ असार । सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ठगी गर्ने पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भारतीय नागरिक कलाकार दाससहित म्याग्दीका क्षेत्रबहादुर शाही, धादिङका दीपक थापा, दाङका वसन्त चौधरी र काठमाडौंका रविन महर्जनलाई पक्राउ गरेको हो।

उनीहरूले कागेश्वरी मनोहराका दिनेश न्यौपानेलाई ३० लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। प्रहरीले नक्कली सुनको मूर्ति र १४ लाख नगद पनि बरामद गरेको छ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।