१९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ ।
ललितपुर महागरले बुधबार मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित आयुक्त अमात्यको घरको पर्खालमा डोजर चलाएको हो ।
स्थानीयले मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकामा उजुरी दिएर अतिक्रमण हटाउन माग गर्दै आएका थिए । अमात्यले सो घर २०७८ असोजमा किनेकी हुन् । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको अभिलेखमा देखिएको छ ।
गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।
प्रतिक्रिया