११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरीमा डुबेर एकै ठाँउमा तीन बालिकाको मृत्यु



गोदार (धनुषा)
२० असार । धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ ।
धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिएका छन् । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।
बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।