२१ असार । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका हिन्दीस्थित रहेको इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुईजना बेपत्ता छन् ।
शुक्रबार दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सुरूङ ढलान गर्ने क्रममा भासिएको थियो।
त्यहाँबाट ९ जना मजदुरको उद्धार गरिएको प्रहरीले जनाएको छ।
घाइते भएका उनीहरूको उपचारका लागि बाह्रबिसे नगरपालिका वडा नम्बर ४ स्थित किस्टोन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए।
बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय रामदिन थारु र सुमन थारू बेपत्ता छन्।
प्रतिक्रिया