१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँ बजारमा लाखौँको चोरी



२३ असार । काठमाडौँ महानगरपालिका-१६ नयाँ बजारमा शनिबार दिउँसो चोरी भएको छ । त्यहाँ डेरा गरी बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ५१ वर्षीय दावा शेर्पाको कोठामा चोरी भएको हो ।
कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना, नगद तथा जिन्सी सामानहरू चोरी भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार करिब ११ लाख ६९ हजार ८ सय ८० रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  ११ : ०९ बजे