८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर गुण्डुमा दुई स्कुटर ठक्कर, युवकको मृत्यु,युवती घाइते



२५ असार । भक्तपुर गुण्डुमा दुई स्कुटर ठक्कर खाएपछि एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुर्यबिनायक नगरपालिका–७ गुण्डु तीनधारे स्थित सडकमा दुई स्कुटर ठक्कर खाएका हुन् ।
कटुन्जे थापागाउँ बस्ने २२ वर्षीया राजाराम थापामगर बा.प्र.०२–०२२ प १७४८ नम्बरको स्कुटरमा सवार रहेको अवस्थामा सुर्यबिनायक नगरपालिका–५ गुण्डुमा बा.प्र.०२–०१७ प ५०१२ नम्बरको स्कुरसँग ठक्कर खाएपछि मंगलबार बिहान उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
साथै दुर्घटनामा घाइते भएकी बा.प्र.०२–०१७ प ५०१२ नम्बरको स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ८ : ४० बजे