२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पताल अगाडिको औषधि पसलमा सिल



२५ असार । औषधि व्यवस्था विभागले ललितपुरको पाटन अस्पताल अगाडि रहेको एउटा औषधि पसल सिल गरेको छ। मंगलबार दिउँसो विभागबाट गएको अनुगमनको टोलीले श्रीराम औषधि पसलमा सिल गरेको हो।
पाटन अस्पतालमा उपचाररत शंखमुल बस्ने एक बिरामी छन्। २०७९ कात्तिकमा उनको घाँटीमा क्यान्सर देखिएको थियो। उनी किमो गर्न पाटन अस्पताल जाने गरेकी थिइन्। पाटन अस्पतालमा किमो थेरापीको औषधि महंगो भएपछि उनले अस्पताल बाहिर रहेको ‍औषधि किन्न थालेकी थिइन्।

अस्पताल भित्र किनेको औषधिले स्वास्थ्यमा सुधार भए पनि उक्त पसलको औषधिले सुधार नदेखिएपछि शंका लागेको ती बिरामीले बताइन्। शंका लागेर विभागलाई खबर पुगेपछि फार्मेसी अधिकृतसहितको टोलीले पसलमा अनुगमन गरेको छ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।