६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं मधेश आउने जाने पृथ्वीरामार्ग अवरुद्धपछि एकतर्फी खुल्यो, यात्रुलाई सास्ती



मुग्लिन (चितवन)
२७ असार । काठमाडौं मधेश आउने जाने पृथ्वीरामार्ग पहिरोका कारण अहिले पनि राम्रोसँग खुलेको छैन ।अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी मात्रै खुला भएको छ ।
अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएकी छिन । उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताइन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । सडक अवरुद्ध बनेपछि दुबै तिर सवारी साधनहरुको लामो जाम परेको थियो ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग छैन ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ४ : ४१ बजे