१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेको नमोबुद्ध बोहरेली जंगलमा भेटियो मानव कंकाल



२७ असार । काभ्रेको नमोबुद्धमा १० महिनादेखि बेपत्ता व्यक्तिको कंकाल फेला परेको छ। काभ्रे प्रहरीका अनुसार यही असार २६ गते काभ्रेको नमोबुद्ध नगरपालिका–५, बोहरेली जंगलको ढुंगाको ओडारमा फेला परेको मानव कंकाल २०८० भदौदेखि सम्पर्कविहीन नमोबुद्ध नगरपालिकाकै वडा नम्बरर ४ श्रीराम निवासी ५० वर्षीय खडगबहादुर श्रेष्ठ भएको पुष्टि भएको हो।

बुधबार अपराह्न ४ बजे च्याउ खोज्न जाने क्रममा पहिचान नखुलेको बोहरेली जंगलमा मानव कंकाल फेला परेको खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।

सो कंकाल प्रहरीले धुलिखेल अस्पतालमा ल्याई राखेकामा उक्त कंकाल १० महिनाअघि हराएका आफ्ना दाजु खडगबहादुरको भए पनि सनाखत गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।