२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई सरकारको निर्देशन



२७ असार । सरकारले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । २०८१ असार २७ गते बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि लागू नगर्ने गरि पहल गर्न निर्देशन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुकका विभिन्न स्थानहरुमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’

यस्तै, उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको पनि गरेको बताइन् ।

उनले भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गरी सोको सूचना राजपत्रमा प्रकाशन गर्ने,’

यसको साथै, उनले स्थानीय तह, राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृति गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय पनि भएको जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।