११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नापी कार्यालय लगनखेलका सर्भेक्षक ४ लाख रुपैयाँ घुससहित पक्राउ



२८ असार । नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव घुससहित पक्राउ परको छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट गएको टोलीले नापी सर्भेक्षक यादव र आर.बी. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेलले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप लागएको छ।

उनीहरूलाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका–१२ हनुमानस्थान, लगनखेलमा रहेको आरबी सेन्टरबाट बिहीबार नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  १० : ३२ बजे