११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गन्ध आउने अचार बेच्ने बर्गर हाउसलाई २ लाख जरिबाना



२८ असार । काठमाडौं महानगरपालिकाले गन्ध आउने अचार बेचेको भन्दै बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनलाई जरिबाना तिराएको छ । कलंकीमा रहेको सो बर्गर हाउसले अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध आउने अस्वस्थ्यकर अचार पठाएको पाइएपछि २ लाख रुपैयाँ जरिबाना गरिएको महानगरले जनाएको छ ।

२६ असार साँझ सवा ६ बजे अनलाइन अर्डरमा बर्गर हाउसले उपभोक्तालाई पठाएको म:म को अचारमा गन्हाएको पाइए पछि उपभोक्ताले यो विषयबारे बर्गर हाउसलाई जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  २ : ५५ बजे