९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर र भक्तपुरमा आश्रम निर्माणका लागि पशुपतिनाथमा कोटिहोम : प्रचारका लागि वृहत् साइकल ¥याली सम्पन्न



काठमाडौँ
३० असार । ललितपुरको गोदावरीमा वालआश्रम र भक्तपुरको ताथलीमा बृद्धाश्रम निर्माणका लागि पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि हुने बृहत कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आज वृहत् साइकल ¥याली आयोजना गरिदै छ ।

कोटिहोम महायज्ञको प्रचारप्रसारका लागि आज बृहत् साइकल ¥याली आयोजना गरिएको छ । साइकल ¥याली पशुपति नाथ मन्दिर परिसरदेखि, चाबहिल हुँदै चक्रपथ परिक्रमा गरिएको मानव सेवा फाउन्डेसनका मिडिया पर्सन अनुज पछाईले जानकारी दिएका छन् ।

पछाईँका अनुसार ¥यालीमा दुई सय ७६ वटा साइकल रहेका थिए । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा एक महिनासम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको पछाईले बताएका छन् ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरुबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिका खेमराज रेग्मीले जानकारी दिए । यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने आयोजकले जनाएको छ ।

विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार बेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउन्डेसनले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ४ : ०० बजे